जिल्ला टास्क फोर्सका प्रतिनिधिहरूलाई लिएर सभा सम्पन्न

IMG-20250217-WA0220

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेको अध्यक्षतमा आज जिल्ला टास्क फोर्सका प्रतिनिधिहरूलाई लिएर जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। आज सम्पन्न भएको सभामा गान्तोक जिल्लाका पुलिस वरिष्ठ अध्यक्ष तेञ्जिङ लोडेन लेप्चा, अतिरिक्त जिल्लापाल सिसुम वाङचुक भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै सहायक श्रमिक आयुक्त सोनम पिन्चो लेप्चाले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा सिक्किम लेबर रेगुलेसन अफ् इम्पलोयमेन्ट र शर्त सेवा ऐन २०२१ बारे जानकारी गराए। सभामा विशेष गरेर प्रतिष्ठानहरुको दर्ता र अनुमति पत्र जस्ता प्रमुख पक्षहरूलाई समेटिएको थियो। आफ्नो सम्बोधनमा जिल्लापाल तुषार निखारेले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रहरूलाई समेटेर विभिन्न क्षेत्रहरूमा कामदारहरूको सटीक डाटाबेस सिर्जना गर्ने महत्त्वमाथि जोड दिए। यस प्रकारको पहलले जिल्लाभरिका कामदारहरूको कल्याणको पारदर्शिता र सुरक्षाप्रति सरकारको प्रतिबद्धतालाई जोड दिएको बताए। सोही क्रममा वरिष्ठ पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चाले डेटा सङ्कलनको लागि एक मानकीकृत ढाँचा विकास गर्ने सुझाउ दिए। उनले आफ्नो क्षेत्राधिकार भित्र प्रमाणीकरण प्रक्रियाको प्रशासनिक पक्षहरूको निरीक्षण गर्न पुलिसको भूमिकामाथि पनि जोड दिए। यसअतिरिक्त गिरधारी लाल मीणाले राज्यमा भाडामा बसोबासो गर्नेहरू र घरेलु तथा व्यावसायिक ऐन, २००८ बारे प्रकास पार्दै, उचित कागजापत्र प्रमाणीकरण प्रक्रियाहरू सुनिश्चित गर्न यसको महत्त्वमाथि प्रकाश पारे। उनले भाडामा लिनेहरू, घरेलु तथा व्यावसायिक सहयोगको प्रमाणीकरणको लागि आवश्यक पर्ने विभिन्न आवेदन फारमहरूबारे पनि जानकारी गराए।

About Author

Advertisement