गान्तोक: सोरेङ जिल्लाको स्वास्थ्य विभागको पहलमा जिल्लापाल कार्यालयमा एक बैठक सम्पन्न भयो। स्वास्थ्य विभागको पहलमा आयोजित यस बैठकमा विशेष गरेर एफसी- एक्सभी २०२१-२२ को प्रगति साथै कार्यान्वयनबारे छलफल गरियो। कार्यक्रममा डा. विकास प्रधानले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा विभिन्न विषयमाथि प्रकाश पारे। उनले विभिन्न विषयमाथि प्रकाश पार्नको साथै यसको निम्ति चाहिने आवश्यक पूर्वधारबारे पनि जानकारी गराए। यसरी नै जिल्लापाल भीम ठटालले सोरेङ जिल्लामा निर्माणधीन अवस्थामा रहेको सबै पूर्वधारहरूको निर्माण कार्य समयसीमामा गराउनको निम्ति सबैले पहल गर्नु पर्ने आग्रह गरे। उनले विभिन्न कामका लागि छुट्याइएको बजेटको भौतिक प्रगतिबारे पनि जानकारी लिए। यसबाहेक, उनले सम्बन्धित विभागसँग मोबाइल क्लिनिक भ्यान र क्षय मुक्त भारत अभियानको स्थितिबारे पनि समीक्षा गरे।









