जिल्लापालले गरे पब्लिक हेल्थ युनिटको निरीक्षण

Untitled-1-copy-71

पाकिमः पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले आज रम्फूमा निर्माणाधीन पब्लिक हेल्थ यूनिट र भायाडक्टको निरीक्षण गरे। उनले सम्बन्धित विभागका प्रतिनिधिहरूसँग भेट गर्दै यसको निर्माण कार्य मई महिनाको पहिलो सप्ताहभित्र पूरा गर्नुपर्ने ठेकादारलाई निर्देश दिएका छन्।

उनले निर्माणाधीन अस्पताल परिसरको निरीक्षण गर्दै विभिन्न विषयहरूको बारेमा जानकारी लिए। निरीक्षणको क्रममा डा. निखिल तोप्देन, महकुमा अधिकारी सुजाता सुब्बा लगायत भवन तथा आवास विभागका अधिकारीहरू पनि सामेल थिए।

About Author

Advertisement