जिल्लापालले गरिन् नशामुक्त भारत अभियान मोबाइल भ्यानलाई प्रस्थान

IMG-20240307-WA0143.jpg

सोरेङ: सोरेङ जिल्लाकी जिल्लापाल हिस्से डी.योङदाले आज जिल्ला प्रशासनिक केन्द्र परिसरबाट जिल्लास्तरीय नशामुक्त भारत अभियान मोबाइल भ्यानलाई झण्डा हल्लाएर प्रस्थान गराइन्। यस अवसरमा सोरेङ जिल्लाका पुलिस अधिक्षक नकूल प्रधान, अतिरिक्त जिल्लापाल धिराज सुवेदी लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। डीएलएनएमबीए समितिद्वारा आयोजना गरेको मोबाइल भ्यान अभियान जिल्ला जिल्लापालको पहलमा शुरु गरिएको हो र सोरेङ जिल्ला अन्तर्गत विभिन्न पदमा भर्खरै नियुक्त भएका स्वयं सेवकहरूसहित सवारी साधनले लागु औषध दुरुपयोग तथा मदिरा विरुद्ध सामाजिक सन्देश प्रवाह तथा चेतना फैलाउने कार्य गर्नेछ। यस कार्यक्रमबारे महकुमा अधिकारी (मुख्यालय) डीआर विष्टले विस्तृतरूपमा जानकारी गराउँदै वर्ष २०२० मा यो कार्यक्रमको थाल्नी बएको बताए। यस अभियान अन्तर्गत राज्यम धेरैवटा स्थानहरूमा सचेतना शिविर र स्वयसेवकहरूलाई तालिम प्रदान गरिएको जानकारी गराए।

About Author

Advertisement