कालेबुङ क्रिष्टियन स्पोर्ट्स एसोसिएशन (केसीएसए)-को तत्त्वावधानमा आयोजित आठौं क्रिस्मस कप फूटबल टुर्नामेण्ट (इण्टर चर्च)-मा जिओन एमएम अलगढ़ा च्याम्पियन भयो। शनिवार मेला ग्राउण्डमा भएको ओपन वर्गको फाइनलमा जिओन एमएम-ले छिब्बो एसएस चर्चलाई टाईब्रेकरमा ५-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। विजेता टीमका सोनम लेप्चालाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै भेटरन्स प्रतियोगिताको फाइनलमा क्रिस्टियन युनाइटेड (दार्जीलिङ)-ले युनाइटेड भेटरन्स (कालेबुङ)-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। विजेता टीमका गौतम थापालाई प्लेयर अव् द म्याच चयन गरियो।









