गान्तोक: जापानको साकुरामा आयोजना हुन लागेको प्रतिष्ठित जापान विज्ञान हाईस्कुल कार्यक्रम, जसलाई साकुरा विज्ञान कार्यक्रम पनि भनिन्छ, मा सहभागी हुन छनौट भएका विद्यार्थीहरुसँग भेट गर्दै अन्तक्रिया गरे। मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा भएको भेटमा मुख्यमन्त्री तामाङले सर्वप्रथम विद्यार्थीहरूलाई शुभकामना एवम वधाई दिँदै यस प्रकारको अवसरको लाभ उठाउनु आग्रह गरेका छन्। शिक्षा मन्त्रालयको सुझाव अनुसार शिक्षा विभागले कक्षा ११ र १२ मा समान लैङ्गिक प्रतिनिधित्वसहित उत्कृष्ट प्रदर्शन गर्ने विज्ञानका विद्यार्थीका लागि जिल्लाभरि नामाङकन भर्न आह्वान गरेको छ। चार विद्यार्थी र एक आरक्षित (५औं उच्चतम अंक प्राप्त गर्ने) उनीहरूको दशौं कक्षाको परीक्षाको परिणामको आधारमा चयन गरिएको थियो।
यस पहलको मुख्य उद्देश्य विज्ञान र प्रविधिको विकासमा केन्द्रित भएर जापान र अन्य देशहरूबीच आदान प्रदान गर्नु रहेको छ। जापान जाने क्रममा शिक्षक रोशन शर्मा पनि साथमा जानेछन्, जसले विद्यार्थीहरूलाई निर्देश गर्नेछन्।











