जापानमा उत्तर कोरियाद्वारा मिसाइल प्रहार

Missile-1-A

उत्तर कोरियाले जापानमा मिसालाई प्रहार गरेको छ। आणविक हतियार भएको उत्तर कोरियाले जापानमाथि मध्यम दूरीको मिसाइल प्रहार गरेको हो। यस अगाडि सन् २०१७ मा पनि उत्तर कोरियाले जापानमाथि मिसाइल प्रहार गरेको थियो। उत्तर कोरियाले जापानको होक्काइडो क्षेत्रमा मिसाइल प्रहार गरेको हो। जापान सरकारले यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ। मिसाइल प्रहार भएको क्षेत्रका केही रेल सेवा तत्कालका लागि स्थगित गरिएको छ। मिसाइल प्रशान्त महसागरमा खसेपनि त्यसको असर जापानी भूमिमा देखिने सम्भावाना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाले हिंस्रक व्यवहार गरेको प्रतिक्रिया दिएका छन्। उत्तर कोरियाको मिसाइल आएपछि जापानले सुरक्षा परिषद्को बैठकसमेत बोलाएको छ। जापान, अमेरिका र दक्षिण कोरियाले गएको हप्ता त्रिपक्षीय सैन्य अभ्यास गरेका थिए।

About Author

Advertisement