जादवपुर विश्वविद्यालयमा नेपाली भाषा मान्यता दिवस पालन  

Presentation1

कोलकाता: सन् १९९२ मा नेपाली भाषाले हाम्रो संविधानमा एउटा भारतीय भाषाको रूपमा मान्यता पाएपछि भारतभरि छरिएर बसेका नेपालीहरूका विविध संस्था, समिति एवं शैक्षिक संस्थानहरूले उल्लास र उत्साहको साथ नेपाली भाषा मान्यता दिवस मनाए। कोलकाता स्थित जादवपुर विश्वविद्यालयले गत २६ अगस्तको दिन भाषा मान्यता दिवस डा. गोकुल सिन्हाको प्रमुख आतिथ्यमा विश्वविद्यालयको त्रिगुना सेन मेमोरियल हलमा भव्यतापूर्वक मनायो जसमा कलकत्ताका विभिन्न कलेज र युनिवर्सिटीका अध्ययनरत एवं शोधविद्यार्थीहरूको पनि सहभागिता थियो।

डा. गोकुल सिन्हा

जादवपुर विविका प्रयास राई र वेदान्त तामाङद्वारा सञ्चालन गरिएको कार्यक्रममा जादवपुर विवि, प्रेसिडेन्सी विवि, सेन्ट जेभियर विवि, स्कटिस चर्च कलेज, लेडी ब्रेबोर्न कलेज, भवानीपुर कलेज तथा आशुतोष कलेजका विद्यार्थीहरूद्वारा उद्घाटन गीत, रामायण पाठ, कविता आवृत्ति, स्वरचित कविता पाठ, मारुनी नाच, तामाङ सेलो, लेप्चा नाच, शेर्पा नाच, साकेला नाच, पालम पाठ, समूह गीत, वाद्यवादन आदि प्रस्तुत गरियो। डा. गोकुल सिन्हाका साथै जादवपुर विविका अंग्रेजी विभागका प्रोफेसर डा. रफत अलि र गौडबङ्ग विविका ऐसिस्टेन्ट प्रोफेसर डा. प्रबिन कार्कीले पनि आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई भाषाको अध्ययन र त्यसको महत्वमाथि प्रकाश पारेका थिए।    

About Author

Advertisement