मुम्बई: आईपीएल २०२६-मा मुम्बई इण्डियन्सको खराब प्रदर्शनबीच जसप्रीत बुमराहको फर्मलाई लिएर पनि प्रश्न उठ्न थालेको छ। बुमराहले आईपीएलको जारी सीजनमा ८ वटा म्याच खेलेर केवल २ विकेट लिएका छन्। यस्तो स्थितिमा टीमका ब्याटिंग प्रशिक्षक कायरन पोलार्डले उनको समर्थन गरेका छन्। उनले आलोचकहरूसँग धैर्य धारण गर्ने अपील गर्दै बुमराहले चाँड़ै पुनरागमन गर्ने भरोसा व्यक्त गरे। बुधवार खेलिएको म्याचमा मुम्बई इण्डियन्सले २४३ रन बनाएर पनि हारको सामना गर्नु पऱ्यो। म्याचमा बुमराहलाई कुनै विकेट हासिल भएन अनि ५४ रन पनि खर्च गरे। लगातार निराशाजनक प्रदर्शनपछि धेरैले उनको बलिंगमाथि प्रश्न उठाएका छन्। पोलार्डले चाहिँ उनको आलोचनालाई गलत बताएका छन्। पोलार्डले भने, दुर्भाग्यवश उनी सदा मानिसहरूको नजरमा रहन्छन्। यसबाहेक टीमले खराब प्रदर्शन गर्न शुरु गरेपछि यस्तो कुराहरू अघि आउन थाल्छ। साधारण मानिसले गल्ती गरे उनीहरूलाई सुधार गर्ने मौका प्राप्त हुन्छ तर हामीसँग त्यस्तो मौका हुँदैन। पोलार्डको भनाइअनुसार, बुमराहको क्षमतामाथि शक गर्न सकिँदैन। उनले भने, म यस खेलाड़ीलाई राम्ररी चिन्छु अनि उनले मजबूतीको साथ पुनरागमन गरेर विकेट लिनेछन्। हामी फेरि बुमराह….बुमराह…को नारा लगाउनेछौं। यो केवल मुम्बई इण्डियन्सको निम्ति नभएर भारतको निम्ति पनि हुनेछ। यसैकारण सामान्य समय दिनु पर्नेछ। मुम्बई इण्डियन्सको निम्ति यो सीजन चरम निराशाजनक रहेको छ। टीमले ८ वटा म्याच खेलेर केवल २ वटा जितेको छ अनि पोइण्ट्स टेबलको नवौं स्थानमा रहेको छ। पोलार्डले टीमको दुर्बलताहरूलाई स्वीकार गर्दै भने, हामीले प्रदर्शनमा निरन्तरता देखाउन सकेनौं। हामीले सामूहिक रूपमा असल प्रदर्शन गर्न सकेनौं अनि यही सत्य हो। हामीले हार मानेका छैनौं अनि पुनरागमन गर्ने तरिका खोजिरहेका छौं।










