जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः घूम जोरबंग्लो स्पोर्टिंग क्लबको एकतर्फी जीत

IMG-20230707-WA0281.jpg

७ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन फूटबल लीगमा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले एकतर्फी जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा शुक्रवार खेलिएको दिनको दोस्रो म्याचमा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले च्यालेञ्जर स्पोर्टिंग क्लबलाई ५-१-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट सौरभ बराईलीले ह्याट्रिक गरे। यसबाहेक छेवांग तामाङ र डेण्डु भूटियाले १-१ गोल गरे। यसरी च्यालेञ्जर स्पोर्टिंग क्लबबाट दिवस राईले एकमात्र गोल गरे। म्याचमा रेफरीको भूमिकामा रमेश राई रहेका थिए।

यसरी सहायक रेफरीको रूपमा रेमण्ड तामाङ र जीवन छेत्री रहेका थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement