जलपाईगुडी: चितुवापछि अब बाँदरको डर

IMG_20221206_182412.jpg

जलपाईगुडीमा चितुवाको आतंक अझै सकिएको छैन कि अब जंगली बाँदरको डरले मानिसलाई सताउन थालेको छ। यस क्षेत्रमा जंगली बाँदरले केही मानिसलाई आक्रमण गरेका छन्। कचुआ नन्दनपुर क्षेत्रमा भएको यो घटनापछि बाँदरलाई लिएर मानिसमा त्रास छाएको छ। उल्लेखनीय कुरा के छ भने जलपाईगुडी सदर ब्लकको कचुआ कंदिपारा तीन नम्बर स्पार क्षेत्रका बासिन्दाले केही समयअघि आफ्नो क्षेत्रमा चितुवा देखेका थिए। यसबारे वन विभागलाई जानकारी गराएपछि वन विभागले त्यहाँ बाघलाई पक्रन खोर राखेको थियो। तर चितुवा अझै पनि त्यो खोरमा फसेको छैन। यसबीच स्थानीयवासी आतंकित छन्। कतिपय स्थानीयवासीले त्यहाँ राती बाघको गर्जना सुन्छन्। उनीहरुको बाघको डर अझै सकिएको छैन कि अहिले ठुलो जंगली बाँदर सो क्षेत्रमा घुमिरहेको देखिएको छ। मानिसहरु बाँदरको डरले बाँचिरहेका छन्।

About Author

Advertisement