जलपाइगढी। जलपाइगडीमा पनि अयोध्याको राम मन्दिर जस्तो वातावरण बनाउने प्रयास भइरहेको छ। राम मन्दिरको स्थापनालाई ध्यानमा राख्दै जलपाइगडीको गौशालामा ठूलो धार्मिक अनुष्ठानको आयोजना गरिएको छ। धार्मिक अनुष्ठानमा रामकथा सुरु भएको छ।

उक्त कार्यक्रममा विभिन्न स्थानबाट रामभक्तहरुको बाक्लो सहभागिता रहेको छ। जलपाइगडीको गौशालामा आयोजित रामकथा कार्यक्रम आगामी २८ जनवरीसम्म चल्ने बताइएको छ। २२ जनवरीको दिन यहाँ बृहत् कार्यक्रम गरिने भएको छ भने साँझ दीपावली पर्व मनाइने बताइएको छ। अयोध्याको राम मन्दिर परिसरमा आगामी २२ जानवरको दिन सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएकोले धेरै श्रद्धालु भक्तहरू अयोध्याको राम मन्दिर जान सक्दैनन् त्यस्ता भक्तहरूका लागि जलपाइगडीको यो ठूलो गौशालामा रामकथाको आयोजना गरिएको आयोजक कमिटीको पक्षबाट बताइएको छ।

गौशालामा आगामी २८ जनवरीसम्म रामकथासँगै विभिन्न कार्यक्रमको आयोजना गरिएको पनि आयोजक पक्षले थप जनाएको छ ।











