जलपाइगढीमा कडा पुलिस सुरक्षामा उम्मेदवारी दर्ता शुरु

ba10c88e-1f5b-4f44-8bfb-1b61ba819c40

जलपाइगढी: सोमबार पुलिसको कडा निगरानीमा जलपाइगढी सदर बीडीओ कार्यालयमा उम्मेदवारी दर्ता गर्ने काम शुरु भयो। विशेषगरी भाजपा, कांग्रेस, सीपीएमलगायत अन्य स्वतन्त्र उम्मेदवारहरूको मनोनयन प्रक्रिया चलिरहेको छ। उम्मेदवारसहित जम्मा २ जना भित्र पसेका छन्। तर, तृणमूलको उम्मेदवारको नामावली भने सार्वजनिक भएको छैन। समग्रमा अहिलेसम्म भर्ना चरण शान्तिपूर्ण रुपमा चलिरहेको छ। तर बीडीओ कार्यालयको गेट बाहिर विभिन्न दलका कार्यकर्ताको भीड छ।

About Author

Advertisement