अलिपुरद्वार: हात्तीको आक्रमणको अर्को घटना डुवर्समा भएको छ। हात्तीले आक्रमण गरी दुईवटा घर भत्काएको छ। पश्चिम मदारीहाटमा राति अबेर जङ्गली हात्तीको बथान प्रवेश गरेको छ। जङ्गली हात्ती जल्दापाडा जंगलबाट आएर क्षेत्रमा विध्वंस मच्चाएका छन्। जंगली हात्तीको बथानले सो क्षेत्रका सुखदेव कार्जी र अमजद हुसेनको घर र भान्साकोठामा तोडफोड गर्नुका साथै घरमा राखिएका सामानमा क्षति पुर्याएको छ।

पश्चिमी मदारीहाट क्षेत्रमा हात्तीको आक्रमण लगातार भईरहेको स्थानीयले बताएका छन्।











