जय हिन्द वाहिनी गठन

SAVE_20220618_235359.jpg

कालचिनी। आज कालचिनी खण्डको पश्चिम साताली बस्ती बजार स्थित तृणमूल कार्यालयमा जय हिन्द वाहिनीको गठन विषय लिएर एउटा सभा बसिएको थियो।
सभामा मुख्य अतिथिको रुपमा जय हिन्द वाहिनीको कालचिनी ब्लक सभापति सौभिक साहाको उपस्थिति रहेको थियो।
उक्त सभामा अन्यान्य अतिथिहरुमा तृणमूल अलिपुरद्वार जिल्ला सहसभापति विजय साईबो, मेन्दाबारी ग्राम पञ्चायतका उपप्रधान चन्द्रा नार्जीनारी, तृणमूल मेन्दाबारी अञ्चल चेयरम्यान बासुदेव कुजूर, पञ्चायत समितिको सदस्य ज्योत्स्ना सुबा, पञ्तायत सदस्य बाबन सुबा लगायत अन्यान्यको उपस्थिति रहेको थियो।
सभामा धेरै छलफल पश्चात २३ जना सदस्यहरु लिएर मेन्दाबारी अञ्चल स्तरीय जय हिन्द वाहिनीको गठन गरिएको थियो।
उक्त वाहिनीको मेन्दाबारी अञ्चल कन्भेनरको रुपमा विश्वजीत सुबालाई राखिएको थियो भने जय हिन्द वाहिनीको कार्यक्रम आगामी दिनमा गर्दै लैजाने विश्वजीत सुबाले जनाएका छन।

About Author

Advertisement