जटेश्वर हाईस्कुलको ७५औं वार्षिकोत्सव समारोह

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको फालाकाटा ब्लकको जटेश्वर हाई स्कूलको ७५औं वार्षिकोत्सव समारोह बुधबार बिहान सुरु भयो। राष्ट्रिय झण्डा र विद्यालयको झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरिएको थियो। त्यसपछि जटेश्वरसम्म विभिन्न सामाजिक चेतनामूलक सन्देश बोकेको झाँकीसहितको ऱ्याली निकालिएको थियो।

जुलुसले जटेश्वर बजार क्षेत्रको परिक्रमा गरी विद्यालयमा समापन गरेको थियो। कार्यक्रममा जटेश्वर हाईस्कुलका पूर्व प्रधानाध्यापक जीवनकुमार पाल, जटेश्वर हाईस्कुलका कार्यवाहक प्रधानाध्यापक अबिर राई चौधरीलगायत सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement