जङ्गली हात्तीले धानबाली नष्ट

vlcsnap-2022-11-24-15h42m55s16.png

अलिपुरद्वार: हात्तीको आक्रमणका कारण काल्चिनी ब्लकको गुडामदावरी क्षेत्रका किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ। बक्सा टाइगर प्रोजेक्टको जङ्गलबाट दिनहुँ हात्ती निस्केर यस क्षेत्रमा कहर मच्चाउने गरेको छ। मानिसको घरमा तोडफोड गर्नुका साथै जङ्गली हात्तीले खेतमा लगाएको धानबाली नष्ट गर्ने गरेको छ। बुधबार अबेर राति चारवटा जङ्गली हात्ती जंगलबाट भित्र पसेर विध्वंस मच्चाउन थालेको गाउँलेले बताए। सो क्षेत्रकी रुविना असुर र सुमित्रा असुरको करिब ४ बिघा जग्गामा लगाएको धानबालीमा हात्तीले क्षति पुर्याएको छ। यस सम्बन्धमा रुबिना र सुमित्रा असुरले भनिन्, ‘धान रोप्ने क्रममा मौसमको आक्रमणले धानमा धेरै नोक्सानी भएको छ, त्यसपछि धान काट्ने क्रममा हात्तीले ठूलो नोक्सानी गरिरहेको छ ।झण्डै दिनहुँ हात्ती गाउँमा पसेर बाली नष्ट गर्ने गरेको छ। बुधबार राति पनि हात्तीले खेतमा पसेर बाली नष्ट गरेको थियो। उनले भने, ‘हाम्रो आम्दानीको मुख्य स्रोत कृषि हो। तर हात्तीको त्रासले हाम्रो जीविकोपार्जनमा पनि संकट सिर्जना गरिरहेको छ।

About Author

Advertisement