छोरी विद्यार्थीहरुका लागि रानी लक्ष्मीबाई आत्मरक्षा प्रशिक्षण

IMG-20241117-WA0242

सोरेङ: सोरेङमा शिक्षा विभागको समग्र शिक्षा अभियानद्वारा आयोजित “रानी लक्ष्मीबाई आत्मरक्षा प्रशिक्षण”-को आज समापन भएको छ। छोरी विद्यार्थीहरुलाई आफ्नो आत्मरक्षा आफैं गर्न सक्षम बनाउन राखिएको प्रशिक्षणमा सोरेङ जिल्लाका कुल ८० जना छोरी विद्यार्थीले सहभागिता जनाएका थिए। पीएम श्री सिनियर सेकेन्डरी स्कुलको प्रेक्षागृहमा आयोजित रानी लक्ष्मीबाई आत्मरक्षा प्रशिक्षणको समापन कार्यक्रममा स्थानीय विधायक आदित्य गोले प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनीलगायत सोरेङ जिल्लाका मुख्य शिक्षा अधिकारी एलडी शर्मा, एसडीएम (मुख्यालय) प्रेम कुमार सुब्बा, शिक्षा विभागका संयुक्त निर्देशक एसपी शर्मा, मत्स्य पालन विभाग संयुक्त निर्देशक लोब्जाङ तामाङ, विभागीय अधिकारीगण, विभिन्न स्कुलका प्रमुख, संघ-संस्थाका प्रतिनिधिगण र प्रशिक्षार्थी विद्यार्थीहरुको उपस्थिति थियो। उल्लेख्य, शिक्षा विभागले सोरेङ जिल्ला अन्तर्गत ४८ वटा स्कुलमा दुई महिना छोरी विद्यार्थीहरु आत्मरक्षा प्रशिक्षण प्रदान गरिएका छन्। उनीहरूलाई कराँते, बक्सिङ र ताइकन्डो विद्यामा प्रशिक्षण गराइएको थियोे। यस प्रशिक्षणको मुख्य प्रशिक्षक सोरेङ पारु हाङ सुब्बा रहेका थिए। कार्यक्रममा शिक्षा विभागले रानी लक्ष्मी बाई आत्मरक्षा प्रशिक्षणका प्रशिक्षकहरुलाई सम्मान जनाए। यसरी नै मुख्य अतिथि विधायक आदित्य गोलेको बाहुलीबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरियो।

About Author

Advertisement