छोरीलाई स्कुल लैजाँदा आमाको मृत्यु

कोलकता: छोरीलाई विद्यालय लैजाँदै गर्दा अनियन्त्रित कारले ठक्कर दिँदा आमाको मृत्यु भएको छ । घटनालाई लिएर बाली निश्चिन्दाको साम्पुइपाडा क्षेत्रमा तनाव फैलिएको छ। हत्यारा कार र चालक मौका पाएलगत्तै फरार भएका थिए। सुमन साह सदाझैँ टोटोबाट छोरीलाई स्कुल लैजादै गरेको बताइएको छ। उनीसँगै उनकी श्रीमती सुप्रिया पनि थिइन्। बाली साम्पुइपाडा क्षेत्रमा कारले नियन्त्रण गुमाएर टोटोलाई ठक्कर दिएको हो। गृहिणी सुप्रिया सडकको एक छेउमा लडेकी थिइन्। छोरी अर्को छेउमा लडिन्। सोही अवस्थामा गाडी नरोकेर तिब्र गतिमा सुप्रियादेवीको शवलाई किचेर भागेको आरोप छ। सुप्रियालाई अस्पताल लैजाने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । खबर पाएलगत्तै निश्चिन्दा प्रहरी चौकी घटनास्थल पुगेको थियो। हत्यारा कार र चालक फरार छन्। उनीहरूको खोजीका लागि छापा मारिएको छ।

About Author

Advertisement