छोटाटिङलिङ नागरिक मंन्चकाे बिभिन्न रंगरंगी कार्यक्रम संगै फुटबल खेलको फाईनल खेल सम्पन्न

पानीघट्टा: भारतको ७५ओैं स्वतन्त्रता दिवस संगै छोटाटिङलिङ नागरिक मंन्चले बिभिन्न रंगरंगी कार्यक्रम संगै फुटबल खेलको फाईनल खेल पनि आज सम्पन्न गरे। कार्यक्रम को प्रमुख अतिथि के पी शर्मा रहेका थिए भने अतिथिहरूमा अर्जुन थापा कैलाश खवास पी टी लेप्चा सीएल प्रधान रबिन्द्र शर्मा दिपक भुजेल आदि रहेका थिए।गत ५ अगस्ट देखि शुरू भएको ईन्टर भिलेज फुटबल लिक टुनमेन्टमा जम्म चारवटा दलहरूले अंश ग्रहण गरेका थिए। ती खेलहरू मध्येमा अन्नत अनुप गुरूङ सेभेन र अबिनास भुजेल सेभेन फाईनलमा पुग्ना सफल भएको थियो। आज भारत स्वतन्त्रता भएको ७५ओैं दिवसको उपलक्ष्यमा नागरिक मंन्चको प्रमुख सल्लाहकार साथै स्थानीय प्राथमिक पाठशालाका भुतपुर्व प्रधान अध्यापक के पी शर्माको बहुलीबाट राष्ट्र पिता महात्मा गाँन्धीको तस्बिरमा दिप प्रज्वोलन गरेर भारतको राष्ट्रिय झण्डा उत्तोलन साथै राष्ट्रिय गण प्रस्तुत गरे। मसिना नानीहरू साथै ठूल ठूला स्थानीय गाउँलेहरूको निम्ति पनि बिभिन्न खेलहरू सम्पन्न गरे। कार्यक्रम को अन्तमा फुटबल खेल सबैको आँखाको केन्द्र बिन्दु रहेको थियो। खेलाको अन्तसम्ममा अनुप सेभेनले तिन गोल गरे भने अबिनास सेभेनले खेलाको अन्तिम समयसम्म कुनै गोल गर्ना सकेन र शुन्य को बिरूद्व ३ गोल गरेर अनुप सेभेन बिजय बनेर उत्तकृष्ट ट्रफि हत्याउँन सफल भए भने दुबै बिजेता साथै उपबिजेता दललाई प्रमुख अतिथि र अथितिहरूबाट पुरूस्कार प्रदान गरे खेलामा म्यान अफ द सिरिज अनुप गुरूङ चयन रहेका थिए भने म्यान अफ द म्याच बिकाश लेप्चालाई घोषित गरे।सम्पूर्ण कार्यक्रम को संचालन मनोहर शर्मा र प्रणय घले र अभिशेक थापाले गरेका थिए।

About Author

Advertisement