छैठौँ बनग्रामबासी दिवस राजाभातखावामा पालन

7815689c-7b61-47f7-b2be-6b06af5742c1

कालचिनीः प्रत्येक वर्षझैँ यसपाली पनि उत्तरबंगाल बन जन श्रमजीवी मन्चको आयोजनामा डुवर्सको कालचिनी खण्ड अन्तर्गत पर्ने राजाभातखावास्थित नयाँ बस्तीमा छैठौँ बनग्रामबासी दिवस गरिएको जानकारी उत्तरबंगाल बन जन श्रमजीवी मन्चको कन्भेनर लालसिंह भुजेलले दिएका छन्। बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ पर्ने राजाभातखावामा यो कार्यक्रम गरिएको उद्देश्यबारे उत्तरबंगाल बन जन श्रमजीवी मन्चको कन्भेनर लालसिंह भुजेलले १८ दिसम्बरको दिन २००६ सालमा नै संसदले बनाधिकाकार क़ानून पारित गरेकोले यसलाई बनग्रामबासीहरूको अधिकारको रुपमा उत्सवको रुपमा पालन गरिएको जानकारी गराएको छ।
यस अवसरमा सोमबार लगभग ५० भन्दा बनबस्तीबाट प्रतिनिधिहरूले सहभागिता गरेको र यसमा बनबस्तीका आदिवासी जनजातिको संस्कृति समेटिएको राभा, डुक्पा, गारो, गोर्खा समुदायका राई, तामाङ आदि संस्कृतिका नाचगान आदि प्रस्तुत गरिएको लालसिंह भुजेलले जनाएका छन्। मूलतः बनबस्ती बासिन्दाहरूको अधिकार र उनीहरूको स्वाधीन जीवनशैली बचाई राख्न यो‌ दिवस पालन गरिएको र यस मार्फत बन विभाग र सरकारलाई सन्देश दिनलाई उत्सव पालन गरिएको उत्तरबंगाल बन जन श्रमजीवी मन्चको कन्भेनर लालसिंह भुजेलले थप जनाएका छन्।

About Author

Advertisement