छैंटौं अनुसूची झट्टै लागु गर्ने मागमा गोरामुमो सुवासवादको तर्फबाट खरसाङमा पोष्टरिङ

e91f8dcb-a4e6-465d-84ea-d60a47dd205c

खरसाङ: छैंटौं अनुसूची झट्टै लागु गर्ने मागमा सुवासवादको तर्फबाट खरसाङमा पोष्टरिङ गरिएको छ। गोरामुमो सुवासवादको आयोजना छैंटौं अनुसूचीको माग गर्दै कालेबुङबाट पोष्टरिङ शुरु गरेर दार्जिलिङ, सुके पोखरी हुँदै घुम जोरबंगलो, सोनादा भएर मंगलवार खरसाङमा पोष्टरिङ गरिएको छ। खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गर्ने क्रममा गोरामुमो सुवासवादको तर्फबाट केन्द्रीय सदस्य भुवन छेत्री, दार्जिलिङ शाखा कमिटीको संयोजक निमा ग्याम्जो शेर्पा लगायत अन्यहरु उपस्थित रहेर पोष्टरिङ गरेका छन्। गोरामुमो सुवासवादको तर्फबाट खरसाङमा गरिएको पोष्टरहरुमा विलुप्त हुन लागेको हाम्रो माटो, भाषा, संस्कृति, चाढ पर्व, विश्व प्रसिद्ध चिया, सिन्कोना, सांस्कृतिक धरोहर, वन जंगल अनि पर्यटक स्थल बचाउन छैंटौं अनुसूची झट्टै लागु गर अनि छैंटौं अनुसूची विरोधी जाति र माटो विरोधी रहेको साथै छैंटौं अनुसूची ल्याऊ माटो बचाऊ जस्ता नाराहरु पोष्टरहरुमा लेखिएको थियो। यसको साथै खरसाङ बजार क्षेत्रमा गरिएको पोष्टरिङ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोरामुमो सुवासवादको तर्फबाट केन्द्रीय सदस्य भुवन छेत्री र दार्जिलिङ शाखा कमिटीको संयोजक निमा ग्याम्जो शेर्पाले गोरामुमो सुवासवादको तर्फबाट खरसाङमा छैंटौं अनुसूचीको मागमा पोष्टरिङ गरिएको बताएका छन्। दुवैले छैंटौं अनुसूचीको विरोध गरेको २० वर्ष भयो तर अहिलेसम्म पहाड का पुग्यो भन्दै अहिले आफुहरुले छैंटौं अनुसूची हुनुपर्छ भन्ने माग गर्दै जनतालाई जागरुक गराउन पोष्टरिङ गरिएको बताएका छन्। दुवैले नेताले भने, ‘छैंटौं अनुसूचीको विरोध गरेर गोर्खा जाति डिलमा पुगिसक्यो तर डिलबाट लडेर मर्नु अघि जोगिनलाई काम गर्नुपर्छ। गोर्खाल्याण्ड किन भएन भनेर छैंटौं अनुसूचीको विरोध गर्नेहरुलाई थाहा हुनुपर्छ। हालमा पीपीएस के हो त्यो जनतालाई स्पष्ट पार्नुपर्छ। छैंटौं अनुसूचीको विरोध गरेर गोर्खा जातिले ठूलो भूल गरेको छ।’

About Author

Advertisement