राजगञ्ज। एकजना छात्रा ब्याङ्क गएको भनेर घरबाट निस्केकी अहिलेसम्म घर फर्किएकी छैन। निखोज छात्रा राजगञ्ज ब्लकको सन्यासीकाटा ग्राम पञ्चायतको घुगडीभिटा गाउँ निवासी हुन्। तिनको नाम रमेशा खातुन (१७) को रुपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार हिजो बिहान अब्दुल करिमको छोरी रमेशा खातुन घरबाट व्याङ्क गएको भनेर निस्केपछि साँझ परिसके तापनि घर फर्किआइनन्। परिवारका सदस्यहरूले विभिन्न ठाउँमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेपछि अन्ततः राजगञ्ज थानामा छात्रा निखोज भएको बारे अभियोग दर्ता गरे।










