छात्रवृत्ति योजनाहरूबारे जागरूकता कार्यक्रम

IMG_20220806_234740.jpg

सोरेङ: सामसिङ पिपले जीपीयूको सम्मेलन हलमा आजादीको अमृत महोत्सव अन्तर्गत एससी एवं एसटी (अत्याचार रोकथाम) र सामाजिक कल्याण विभाग अधीनस्थ छात्रवृत्ति योजनाहरूबारे जागरूकता कार्यक्रम आयोजन गरियो। कार्यक्रममा पञ्चायत उपसभापति कमल घतानी मुख्य अतिथि थिए। कार्यक्रममा पञ्चायतगण, बैगुने बीएसीका अधिकारीहरू र कर्मचारीहरू, आशा कर्मीहरू, स्वास्थ्य कर्मीहरू आदि उपस्थित थिए। यस अवसरमा सोरेङ जिल्ला न्यायालयकी अधिवक्ता टाशी डोमा भोटिया र मनोज सुब्बा, नयॉं बजारका एएसएचओ एचबी खाती स्रोत वक्ताका रूपमा उपस्थित थिए।
स्रोत वक्ता सुब्बाले प्राचीनकालमा प्रचलित जाति व्यवस्था, भारतीय समाजमा क्रमशः जाति मुक्ति, धारा १७ अन्तर्गत विभिन्न कानूनी प्रावधानहरू आदि विषय जानकारी दिए। अर्का स्रोत वक्ता भोटियाले एसटी र एससी विरूद्ध अत्याचार, घरेलु हिंसा, पोक्सो अधिनियम आदि विषय जानकारी दिइन्। सोरेङकी वरिष्ठ कल्याण अधिकारी प्रतिभा तामाङले राज्य अनि केन्द्र सरकारका विभिन्न कल्याण योजनाहरू र छात्रवृत्ति योजनाहरूबारे जानकारी दिएकी थिइन्।

About Author

Advertisement