१० सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा च्यालेञ्जर्स स्पोर्टिंग क्लबले सेमिफाइनलमा स्थान बनायो। लेबोंगको गोर्खा स्टेडियममा आज भएको पहिलो क्वार्टर फाइनल म्याचमा च्यालेञ्जर्स स्पोर्टिंग क्लबले भूटिया बस्ती फूटबल एकाडमीलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट दिवस राई, संगम मुखिया र उज्ज्वल राईले १-१ गोल गरे। यसरी नै भूटिया बस्ती एफए-बाट फुर्बा र सांगे भूटियाले १-१ गोल गरे।










