च्याखुङमा भव्यरूपमा पालन गरियो स्वतन्त्रता दिवस

IMG-20230817-WA0004.jpg

गान्तोकः प्रत्येक वर्ष झै यस वर्ष पनि सोरेङ निर्वाचन क्षेत्र अन्तर्गत च्याखुङको खेल मैदानमा भव्यरूपमा ७७औं स्वतन्त्रता दिवस पालन गरियो। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा मन्त्री एमएन शेर्पा रहेका थिए भने विशिष्ट अतिथिमा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा गोले र क्षेत्र विधायक आदित्य गोले उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शेर्पाले एसकेएम पार्टी सरकारमा आएपछि छोटो अवधिमा धेरै विकास भएको बताए। हालै बसेको मन्त्रीमण्डलको बैठकमा शिक्षकवर्गलाई पदोनन्ति गर्ने निर्णय लिएको जानकारी गराए। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशमा एक परिवार एक नौकरी अन्तर्गत कार्यरत कर्मचारीहरूले तीन वर्षसम्मको निम्ति छुट्टी पाउने र यस अन्तर्गत उनीहरू कुनै पनि ठाउँमा गएर काम गर्न सक्नेछन् भनी बताए।

तीन वर्षसम्म उनीहरूलाई सरकारले आधा वेतन प्रदान गर्ने पनि निर्णय लिइसकेको अवगत गराए। छुट्टीको निम्ति कर्मचारीहरूले सरकारसमक्ष आवेदन चढाउनु पर्ने उनले बताए। विशेष गरेर उक्त कर्मचारीहरूलाई आफ्नो क्षमता बढाउनको निम्ति छुट्टी प्रदान गरिने जानकारी गराए। सरकारले सारथीहरूको कल्याण र सुविधाको निम्ति चालक बोर्ड गठन गरिएको छ। तर राज्यका केही विपक्षी दलले चालक बोर्ड गठनबारे नकारात्मक प्रतिक्रिया जनाएकोमा उनले मन्त्री शेर्पाले आपत्ति जनाए। मन्त्री शेर्पाले गणेश राईलाई सरकारद्वारा जारी गरिएको नोटिफिकेसन पढने आग्रह गरेका छन्।

यस कार्यक्रममा आठवटा विद्यालयका विद्यार्थीहरूले परेडमा भाग लिएका थिए। सोही प्रकारले फुटबल प्रतियोगिताको फाइनल खेल पनि सम्पन्न भयो। फुटबल प्रतियोगिताको फाइनल खेल माझीटार नाइन स्टार र च्याखुङ स्पोर्टिङ एसोसिएशनबिच सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा निर्धारित समयसम्म परिणाम नआएपछि अन्ततः खेल टाइ ब्रेकरमा परिणत भएको थियो, जसमा माझीटार नाइन स्टार विजयी बन्यो। सो खेलमा विजयी दललाई नगद ६ लाख र उपविजयी दललाई नगद चार लाख सहित आकर्षक ट्रफी प्रदान गरियो।

About Author

Advertisement