चोरी भएको सामानसहित चोर पक्राउ

Untitled-5-1024x576

सिलगढी: सिलगढीको प्रधाननगर थाना पुलिसले १० दिनको अवधिमा नै चोरी भएको घटनाको पहेली सुल्झाउँदै चोरी भएको सामान उद्धार गरेको छ। यस घटनामा पुलिसले एकजना चोरलाई पक्राउ गरेको छ, जसको नाम करन सुब्बा हो। उनी गुरुङ बस्ती क्षेत्रमा बस्ने बताइएको छ। प्राप्त जानकारी अनुसार, गत २६ सेप्टेम्बरमा प्रधाननगर थाना अन्तर्गत पर्ने कालकोट क्षेत्रमा एउटा खाली घरको फाइदा उठाउँदै चोरीको घटना भएको थियो। २७ सेप्टेम्बरमा घरका सदस्यहरू फर्कँदा उनीहरूलाई चोरीको घटना बारे थाहा भयो। चोरले घरबाट सुनको चेन, औठी र टेलिभिजन चोरी गरेर भागेको जानकारी प्राप्त भएको छ। यस घटनामा प्रधाननगर थानामा लिखित उजुरी दिइएको थियो। उजुरीको आधारमा जाँचमा जुटेको प्रधाननगर थाना पुलिसले गोप्य सूत्रबाट प्राप्त जानकारीको आधारमा गत राति जंक्शन क्षेत्रबाट करन सुब्बालाई पक्राउ गर्यो। सोधखोजको क्रममा आरोपीले आफ्नो अपराध स्वीकार गरे। आरोपीको बयानका आधारमा पुलिसले चम्पासारीको घरबाट चोरी गरिएका सामानहरू उद्धार गरेको छ। आज पक्रा परेका आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

About Author

Advertisement