चोरी गर्दागर्दै रंगेहात पक्राउ

IMG_20221107_130446.jpg

इस्लामपुर: उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थाना क्षेत्रको देशबन्धुपाडा नजिकैको इलाकामा सोमबार बिहान चोरी गर्दागर्दै एक युवकलाई स्थानीयवासीले रंगेहात पक्राउ गरेका छन्। मानिसले युवकलाई रुखमा बाँधेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल पुगेर युवकलाई नियन्त्रणमा लिएको छ। युवा यसअघि पनि पटक पटक चोरी गर्दै आएको स्थानीयले बताएका छन् ।आज बिहान पुन: पीडब्लूडी को ठाउँबाट केही सामान चोर्न खोज्दा स्थानीयवासीले उनलाई रंगेहात समातेर रुखमा बाँधेका थिए। खबर पाएलगत्तै इस्लामपुर प्रहरी चौकी घटनास्थल पुगेको थियो। प्रहरीले युवकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी लग्यो।

About Author

Advertisement