सिलगढी: नयाँ जलपाइगढी थाना क्षेत्रको शान्तिपाडा क्षेत्रको एक घरबाट ६ मेमा सुनको झुम्का र पैसा चोरी भयो। सिलगढी महानगरीय पुलिसको नयाँ जलपाइगढी थानामा लिखित उजुरी पाएपछि पुलिसले अनुसन्धान सुरु गरेको थियो। अन्ततः पुलिसले जाहिदुल अली नामका युवकलाई आइतबार राति पक्राउ गरेको छ। उनको साथबाट चोरी भएको २० हजार नगद र एक जोडी सुनको झुम्का उद्धार भएको छ। पक्राउ परेका जाहिदुल अलीको घर फूलबारी नम्बर १ ग्राम पञ्चायत क्षेत्रको शान्तिपाडा क्षेत्रमा रहेको छ। सोमबार आरोपीलाई जलपाइगढी अदालतमा पेश गरिएको थियो।











