दार्जीलिङ: आज सम्पन्न जीटीएको सभामा जीटीए चेयरम्यान रिलिफ फण्डले सिलगढीमा श्रमिक भवन निर्माण गरिने प्रस्तावको हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले विरोध जनाएका छन्। जीटीए सभापछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीए चेयरम्यान रिलिफ फण्ड श्रमिक भवनको निर्माण होइन दशैं अघि श्रमिकहरूलाई वितरण गरिनुपर्छ भन्ने जीटीए सभासद अजय एडवर्डले जीटीए सभामा आफ्नो पक्ष राखेको बताएका छन्। गोर्खा रंगमंच भवनको जीटीए सभा गृहमा आज जीटीए सभाको पहिलो सभा सम्पन्न भयो।आयोजित सभामा जीटीए चिफ् अनित थापाले कोरोनाकालमा चिया श्रमिकहरूको हितार्थ संग्रह गरिएको धनराशीले सिलगढीमा श्रमिक भवनको निर्माण गरिने प्रस्ताव राखेपछि सभासद अजय एडवर्डले उक्त प्रस्तावको ठाडो विरोध जनाएको उनले बताए।सिलगढीमा पहाडको मानिसहरू एंव श्रमिकहरूको सुविधालाई ध्यानमा राख्दै पहाडी भवन, सिलगढी दार्जीलिङ मोडमा अवस्थित भवन आदि रहेको हुनाले श्रमिकहरूको हितार्थमा संग्रह गरिएको राशी दशैं अघि श्रमिकहरूलाई नै वितरण गरिनुपर्छ भन्ने आफ्नो पक्ष राखेको एडवर्डले बताएका छन्। जीटीए सभाको सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए चेयरम्यान रिलिफ फण्डको राशी दशैं अघि श्रमिकहरूबीच वितरण गरिनुपर्छ। यदि जीटीए चिफ् अनित थापाले उक्त राशि श्रमिकहरूबीच वितरण गर्ने घोषणा गरेको खण्डमा श्रमिकहरूको निम्ति आफुले पनि आफ्नो परिवारको पक्षबाट पाँच लाख रूपियाँ दिने सभासद अजय एडवर्डले घोषणा गरे। पत्रकारहरूसित कुराकानी गर्दै अजय एडवर्डले आज सम्पन्न भएको जीटीए सभामा पारित गरिएको प्रस्तावहरूमा कतिवटालाई समर्थन गरिएको र कतिवटालाई विरोध गरिएको पनि बताएका छन्।








