चुनावी हिंसामा मारिएका भाजपा नेताको परिवारलाई केन्द्रिय सुरक्षा दिने आदेश

IMG-20230528-WA0320-5-300x172-5

कोलकाताः पश्चिम बंगालमा २०२१ को विधानसभा चुनाउमा सत्तारूढ़ पार्टी तृणमूल कांग्रेस जितेपछि कोलकाताको कुंकड़गाछी क्षेत्रमा हत्या गरिएका भाजपा कार्यकर्ता अभिजीत सरकारको परिवारलाई केन्द्रिय सुरक्षा दिइनेछ। कोलकत्ता हाईकोर्टले सोमवार यो आदेश दिएको छ।

हाईकोर्टकै आदेशमा सीबीआईले हत्याको मामिलामा जाँच गरिरहेछ। यसबीच परिवारले धेरै पल्ट दाबी गरेका थिए कि उनीहरूलाई लगातार धमकी दिइँदैछ। यस क्रममा सोमवार सुनवाईपछि कोर्टले अभिजीत सरकारकी आम र भाईको सुरक्षाको निम्ति केन्द्रिय बलहरूलाई तैनात गर्ने आदेश दियो। न्यायाधीश जय सेनगुप्ताले यो आदेश दिएका छन्।

-हिस

About Author

Advertisement