चुनावमा हारको जिम्मावारी लिन्दै भागोप्रमो गाडीधुरा खण्ड समितिको सभापति सुवास छेत्रीद्वारा राजीनामा

IMG-20230718-WA0327.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गाडीधुरा खण्ड समिति अध्यक्ष सुवास छेत्रीले गत पञ्चायत चुनावमा पार्टीको हारको नैतिक जिम्मेवारी लिन्दै आफ्नो पदबाट राजीनामा दिएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गाड़ीधुरा खण्ड समितिको सभापति सुवास छेत्रीले एक भिडियो जारी गरी बताए अनुसार गत ८ जुलाईको दिन सम्पन्न पञ्चायत चुनावमा पहाड़को सत्तामा रहेको दल भागोप्रमोले गाड़ीधुरा क्षेत्रमा रहेको चारवटा पञ्चायत सदस्यको सिटहरू र एउटा पञ्चायत समितिको सिटमध्ये कुनैमा पनि सिटमा जीत हाँसिल गर्न सकेको थिएन। गाडीधुरामा रहेको चारवटा सिटमा दुईवटा निर्दलीय र दुईवटा भाजपा र गठबन्धन दलहरूले अनि पञ्चायत समितिको एउटा सिटमा भारतीय जनता पार्टीले जितेको कारणले नैतिक आधारमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खण्ड समितिको सभापतिको रूपमा सुवास छेत्रीले राजीनामा दिएको घोषणा गरेका छन्। उनले भिडियोमा पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टीको हारमाथि आफुले जिम्मेवारी लिन्दै आफ्नो पद रहिरहन उचित नरहेको भन्दै राजीनामा दिएका छन्। उनले सभापतिको पदबाट राजीनामा दिए पनि पार्टीको साधारण सदस्यको रूपमा कार्य गर्दै पार्टी अध्यक्ष अनित थापाको हात दह्रिलो बनाउने संकल्प गरेको बताएका छन्।

About Author

Advertisement