चुनावको समय नो रोड नो भोट भनिएको बड़ा लोवर सिटोङको बाटो अनित थापाको निर्देशनमा नाप्ने कार्य सम्पन्न

photocollage_20228820178156.jpg

खरसाङ: खरसाङबाट महकुमा अन्तर्गत लोवर बडासिटोङ अनि गुम्बा गाउँको गाडीको बाटो नाप्ने कार्य भएको जानकारी प्राप्त भएको छ। जीटीए चुनावको समय अघिदेखि नै ‘नो रोड नो भोट’ को आवाज बुलन्द भएको लोवर बडासिटोङ अनि गुम्बा गाउँको बाटो नाप्ने कार्य भएको छ। उक्त बाटो नाप्ने कार्य जीटीए चिफ् एक्जीक्युटिभ एंव सिटोङ लाठपञ्जार समष्टीको क्षेत्रीय सभासद अनित थापाको निर्देशनमा केईडीबाट विभागबाट भएको जानकारी प्राप्त भएको छ। योभन्दा पहिला पनि बाटो नाप्ने कार्य धेरैपल्ट भएको थियो तर यस पल्ट भने अवश्यै पनि बाटो कार्पेटिङ्ग हुन्छ भन्ने पूर्ण आशा र भरोसा स्थानीय गाउँलेहरूले राखेका छन्। यस विषयमा स्थानीय सुशिल मुखियाले जीटीए चुनावको अघिदेखि नै लोवर बड़ा सिटोङको बाटोको कार्पेटिङको लागि नो रोड नो भोट भन्दै आएको तर यसपाली जीटीए चिफ् एक्जीक्युटिभ एंव सिटोङ लाठपञ्जार समष्टीको क्षेत्रीय सभासद अनित थापाको निर्देशनमा केईडीबाट बाटो नाप्ने कार्य गरिएको छ र यसको लागि हामी सम्पूर्ण गाउँवासीहरुका पक्षबाट अनित थापालाई धन्यवाद दिन्छौं भनी बताएका छन्। उनले योभन्दा पहिला पनि यो बाटो नाप्ने र शिलान्यास गरिने कार्य भएको थियो तर कार्पेटिङ भने भएको थिएन भन्दै यसपाली जीटीएक बोर्ड गठन भएपछि भने बाटो कार्पेटिङ हुन्छ भन्ने आशामा सम्पूर्ण गाउँलेहरू रहेको पनि बताएका छन्।

About Author

Advertisement