खरसाङ: चुनाउ सक्नसाथ लङ्भ्यू चियाबारीमा पीएफलाई लिएर फेरि आन्दोलन शुरू भएको छ।विधानसभा चुनाउ सकिएपछि खरसाङको लङ्भ्यु चियाबारीमा श्रमिकहरुले भोक हडताल शुरु गरेको छ। भोट सकियो, तर लङ्भ्यु कमान विषयमा १० मार्च २०२६ को दिन गरिएको सम्झौता अनुसार मालिकले अहिलेसम्म ३ करोड १५ लाख पीएफको पैसा हालेको छैन भन्दै श्रमिकहरुले भोक हडताल शुरु गरेको छ। गत २२ अप्रेलमा मालिक अनि सरकार पक्षको दुईपक्षीय सभा पनि सम्पन्न भयो तर अहिलेसम्म कुनै प्रकारको रिपोर्टिङ धरी आएन। न त सरकार पक्षबाट आयो न त मालिक पक्षबाट आयो भनी लङ्भ्यू चियाबारीको तर्फबाट हिल प्लान्टेशन इम्प्लोइज युनियनले जनाएको छ। त्यसैले लङ्भ्यू चियाबारीमा आजदेखि हिल प्लान्टेशन इम्प्लोइज युनियनको अगुवाईमा श्रमिकहरुले फेरि आन्दोलन शुरू गरेको छ भने आन्दोलन फेरि निरन्तर रहने भएको जानकारी गराएका छन्।









