चुनाउ आयुक्त राजीव सिन्हालाई हटाउने तयारीमा राज्यपाल

00-1-Rajya-Samachar-7

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउलाई लिएर राज्यव्यापी रूपमा जारी हिंसा र कलकत्ता हाई कोर्टको कड़ा टिप्पणीपछि राज्यपाल डा. सीवी आनन्द बोस अब मुख्य चुनाउ आयुक्त राजीव सिन्हालाई हटयाउने तयारीमा छन्। राजभवन सूत्रहरू अनुसार, बुधवार सॉंझ जब कलकत्ता हाई कोईका मुख्य न्यायाधीश टीएस शिवगणनमले यदि मुख्य चुनाउ आयुक्तले आफ्नो जिम्मेवारी निर्वाह गर्न सकिरहेका छैनन् भने उनले राज्यपालाई आफ्नो राजीनामा दिन सक्छन् भनी बताएका थिए। त्यसपछि, अबेर राति राज्यपालले राज्य सरकारद्वारा पठाइएको राजीव सिन्हाको जोइनिङ रिपोर्ट फर्काइदिएका छन्।

पहिलोपल्ट कुनै राज्यपालले यति ठूलो पाइला चालेका छन्। सामान्यतः चुनाउ आयुक्तको नियुक्तिको निम्ति राज्य सरकारद्वारा नामहरू सुझाउ दिइन्छ भने राज्यपालले कुनै एक व्यक्तिको नाममा सहमति जनाउन्छन्। सूत्रहरू अनुसार, सिन्हाको नियुक्तिमा सहमति भए तापनि राज्यपालले जोइनिङ रिपोर्टमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। विशेषज्ञहरू अनुसार, पञ्चायत चुनाउको घोषणा भइसकेको छ, नामाङ्कन प्रक्रिया पनि पूरा भइसकेको छ, नामाङ्कन जॉंच प्रक्रिया पनि पूरा भइसकेको छ भने उम्मेदवारहरूको सूची पनि बनिसकेको छ, यस्तो स्थितिमा राजीव सिन्हालाई हटाउन सहज छैन।

-हिस

About Author

Advertisement