चुनभट्टी र नयाँ कमानमा भागपप्रमोको चुनावी सभा र बुथ स्तरीय चुनाव कमिटी गठन

IMG-20260311-WA0105

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी तीनधारे समष्टिको चुनावी सभा र बुथ स्तरीय चुनाव कमिटी गठन गर्ने क्रममा सातौँ दिन चुनभट्टी र नयाँ कमान बुथमा चुनावी सभा साथै बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। यस क्रममा पहिलो सभा समष्टिको चुनभट्टी बुथमा भागोप्रमो केन्द्रीय सदस्य सुजितकुमार कार्कीढोलीको अध्यक्षतामा सम्पन्न भएको छ भने सभालाई घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले सञ्चालन गरेका थिए। सभालाई सभासद नवराज छेत्री, पञ्चायत सदस्य पुष्पकुमारी प्रधानले सम्बोधन गरेका थिए।‌ यसै सभामा चुनभट्टी बुथमा ३३ जनाको बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। यसमा मुख्य संयोजकको रूपमा बिनय प्रधान र कोषाध्यक्षमा भुपेन प्रधान लगायत ३३ जनाको कमिटी गठन गरिएको छ।‌त्यसरी नै अर्को सभा घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत नयाँ कमानमा सम्पन्न भएको छ। उक्त सभालाई पञ्चायत सदस्य अनिल तामाङले अध्यक्षता गरेका थिए भने भागोप्रमो पञ्चायत स्तरीय ब्लक कमिटीको सचिव धिरेन प्रधानले सञ्चालन गरेका थिए।‌सभालाई सभासद नवराज छेत्री, घैयाबसरी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई, पञ्चायत समिति सदस्य कुसाङ लामा आदिले सम्बोधन गरेका थिए। यसै सभामा नयाँ कमान बुथलाई लिएर बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ।‌ उक्त कमिटीमा संयोजकको रुपमा राजेन तामाङ र कोषाध्यक्षा दिपमाला‌ छेत्री लगायत सह संयोजकहरु, सल्लाहकारहरु गरेर जम्मा 48 जनाको चुनाव कमिटी गठन गरिएको छ। यस दुवै सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। दुवै सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement