झापा: नेपालको उत्तरी सिमानमा चीनले नेपाली भूमी अतिक्रमण गरेको खुलेको छ। हुम्लाको लिमी भ्याली क्षेत्रको नेपाली भूमि अतिक्रमण गरी भवन बनाएको तथ्य बाहिरिएसँगै अतिक्रमणको रहस्य खुलेको हो। अहिले नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले ११ भवन निर्माण गरेको पाइएको छ। पछिल्लोले ‘नेपाली कृषकहरूले चरनमा सीमित मात्र नभई सीमा क्षेत्रमा ‘हिन्दू र बौद्ध तीर्थस्थलहरू’ पनि चीनले प्रतिबन्ध लगाएको छ। चीनसँग सीमा जोडिएका नेपालका १५ जिल्लामध्ये सात वटाभन्दा बढीले चीनको भूमि अतिक्रमणको सामना गरिरहेका छन्। जसमा दोलखा, गोरखा, दार्चुला, हुम्ला, सिन्धुपाल्चोक, संखुवासा र रसुवा जिल्ला पर्दछन्। दार्चुला र गोरखाका केही गाउँहरू पनि चीनले आफ्नो कब्जामा लिएको छ, जसको पछिल्लो उदाहरण रुई गाउँ हो।









