चियाकमानको जमीनलाई लिएर विवाद

Chhetriya-Samachar-1

उत्तर दिनाजपुर: चोपड़ा थाना अन्तर्गत मझियाली ग्राम पंचायतको फागुगाछ क्षेत्रमा शनिवार बिहान चिया बगानको जमीनलाई लिएर दुई पक्षमाझ झड़प भएको घटनामा दुवै पक्षका १५ जना मानिसहरू घाइते भएका छन्। घाइतेहरूलाई दलुआ खण्ड स्वास्थ्य केन्द्रमा लगियो जहाँबाट नौजना घाइतेहरूलाई इस्लामपुर महकुमा अस्पतालमा रेफर गरिएको छ।स्थानीय सूत्र अनुसार शनिवार मोहम्मद मोजिर र मोहम्मद तोसिरका परिवारहरूमाझ जमीनलाई लिएर झड़प भयो। यसबीच लट्ठी सहित धारिलो हतियारहरूले दुवै पक्षका मानिसहरूले एका-अर्कामाथि प्रहार गरे जसमा १५ जना मानिसहरू घाइते भए। यी दुई परिवारमाझ लामो समयदेखिकै जमीनको मालिकाना हकलाई लिएर विवाद हुँदै आइरहेको थियो। शनिवार बिहान बगानमा काम गर्न गएका मोजिर पक्षका मानिसहरूलाई तोसिर पक्षले रोक्ने प्रयास गर्दा तनाउ सृजना भयो। अचानक दुई पक्षमाझ झड़प शुरू भयो। सूचना पाएर पुलिसले घटनास्थलमा पुगी स्थितिलाई नियन्त्रण गऱ्यो।

About Author

Advertisement