चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापाले भागोप्रमोबाट राजीनामा

IMG-20260525-WA0095

खरसाङ: चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट राजीनामा दिएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिलाई आफ्नो राजीनामा पत्र लेखेका छन्। उनले आफ्नो राजीनमा पत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको साधारण सदस्यबाट पनि राजीनामा दिएको उल्लेख गरेका छन्। उनले राजीनामा दिनुको कारण अबको समय आफ्नो परिवार, गाउँवासीको हित र सेवामा समर्पित गर्ने योजना रहेको बताएका छन्‌। चिमनी देवराली ग्राम पञ्चायत अन्तर्गत चित्रे बस्तीका पञ्चायत सदस्य दिपेस थापाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको टिकटमा पञ्चायत चुनाउ जितेर पञ्चायत सदस्य बनेका थिए भने चिमनी देवराली ग्राम पञ्चायतमा भने बोर्ड हाम्रो पार्टी (हाल – ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट) ले गठन गरेको थियो।

About Author

Advertisement