झापा: नेपालमा आउदो आर्थिक वर्षको बजटको तयारी भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय गाडीमा कर नबढ्ने आश्वासन दिएका छन्। चिनियाँ ईभी निर्माता बीवाईडीका एसिया प्यासिफिक प्रतिनिधि र नेपाली बिक्रेतासँग भेट गर्दै कर नबढ्ने आश्वासन दिएको छ। नेपाल भ्रमणमा आएका बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ सेउलियाङले ६ मई सोमबार प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डलाई भेट गरेका हुन्। नेपालमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडीका प्रतिनिधिलाई प्रधानमन्त्रीसँग भेट गराएको छ। ‘सोमबार प्रधानमन्त्रीलाई भेटेका हौँ। विद्युतीय गाडीमा कर नबढाउने आश्वासन दएका छन् ’, बीवाईडीकी प्रबन्धनिर्देशक यमुना श्रेष्ठले भने। नेपालमा बीवाईडी गाडी बिक्रेतामा दोस्रो नम्बरमा छ। अट्टो ३, डल्फिन, इ ६ नेपालमा गुडिरहेका छन्। लिउले प्रधानमन्त्रीसँगै नेपालका लागि चिनियाँ राजदूतसँग पनि भेट गरिसकेका छन्।










