चितुवाको आक्रमणबाट पुजारी घाइते

IMG-20251231-WA0123

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तराईको दुधेदेखि नोलडाँडा जाने बाटोमा अवस्थित मुक्तिपुल बनभोज स्थल नजिकमा रहेको मुक्तेश्वर शिवधामका पुजारी जितेन्द्र राईलाई मन्दिरमा नै बुधबार बेलुकी चितुवाले आक्रमण गर्दा उनी घाइते भएका छन्। उनलाई उपचारको निम्ति अस्पताल लगिएको छ भने घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेका थिए। हाल यस क्षेत्रमा चितुवा तथा जङ्गली जनावरहरूको आतङ्क बढेपछि विशेषगरी दुइचक्के वाहनहरू चलाउँदा सतर्कता अप्नाउने पुलिस प्रशासन अनि बन विभागले गरेको छ।

About Author

Advertisement