चार सर्जकहरुलाई बियाड सम्मानको घोषणा

IMG-20240717-WA0003

गान्तोक: बियाड युवा साहित्यिक संस्थान, बिरिङले आफ्नो चौथो स्थापना दिवसको अवसरमा भावनाका बीउ रोपेर शब्दहरूको फसल उमार्ने चारजना साहित्य सर्जकलाई विभिन्न सम्मानद्वारा विभूषित गर्ने निर्णय लिएको छ। आगामी ३१ मार्च २०२५-को दिन पाकिमको सामुदायिक भवनमा सामाजिक चिन्तक एवम् साहित्यकार कमल काफ्लेको अध्यक्षतामा अनि प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतको मुख्य आतिथ्यमा साहित्यिक सर्जकहरूलाई सम्मानित गरिनेछ। गत १६ मार्च २०२५-को दिन संस्थानका प्रमुख संयोजक तथा अकादमी पुरस्कार प्रापक युवा बराल ‘अनन्त’-को अध्यक्षतामा सम्पन्न संस्थानको सभाले यस्तो निर्णय लिएको छ। संस्थानद्वारा साहित्यकार एवम् समालोचक डिल्लीप्रसाद अधिकारीलाई बियाड साहित्य सेवा सम्मान, नारी साहित्यकार उषा शर्मालाई बियाड शारदा सम्मान, तेजस्विनी शर्मालाई बियाड बाल प्रतिभक्षा सम्मान र साहित्यकार एवम् पत्रकार अर्जुन यावालाई बियाड प्रतिबिम्ब सम्मान-द्वारा विभुषित गरिनेछ। यसबाहेक संस्थानले सामाजिक क्षेत्रमा योगदान दिएवापत् बिरिङको गैर-सरकारी संस्था सिजन फाउन्डेसन-लाई पनि अभिनन्दन गर्नेछ। स्थापना दिवसलाई लिएर बसेको बैठकमा संस्थानका सदस्यहरूमा तुलसी घिमिरे, विष्णु केसी, प्रितम दुलाल र श्रीमती ममता बरालको विशेष उपस्थिति थियो।

About Author

Advertisement