चाड इन्द्रजात्रालाई लिएर विशेष समारोह आयोजन

IMG_20220908_230238.jpg

गान्तोक: गान्तोकको एमजी मार्गमा नेवार समुदायको सबैभन्दा ठूलो चाड इन्द्रजात्रा अन्तर्गत विशेष समारोह आयोजन भइरहेको छ। यसै क्रममा आज कार्यक्रममा राज्यपाल गंगा प्रसाद मुख्य अतिथिका रूपमा उपस्थित भए।
एमजी मार्गमा स्टलहरू पनि लगाएका छन्, जसमा नेवारी वाद्य यन्त्र, पारम्परिक अचार, पूजा सामग्री, चित्रकला, भेषभूषा, आभूषण, नेवारी पुस्तक, भोजन आदि राखिएका छन्। राज्यपालले स्टलहरूको भ्रमण गरेका थिए। यस अवसरमा नेवारी सांस्कृतिक कार्यक्रम पनि आयोजना गरियो। कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका नेवारी समुदायका मानिसहरूलाई सम्मानित गरियो। कार्यक्रममा आफ्नो सम्बोधन राख्दै राज्यपाल प्रसादले इन्द्र जात्राको सबैमा शुभकामना व्यक्त गर्दै यो चाड हाम्रो संस्कृतिको वाहक रहेको बताए। उनले भने, यो चाडले युवा पीढ़ीलाई हाम्रा परम्पराहरूसॅंग अवगत गराउॅंछ। कुनै व्यक्तिले आफ्ना लुगाफाटा, भोजन र रहन सहनको तरिका परिवर्तन गर्न सक्छन् तर, त्यसका समृद्ध मूल्य सदैव अपरिवर्तित रहन्छन्। किनकि, त्यो हाम्रो ह्रदय, मन, शरीर र आत्मासॅंग जोडिएको छ जसलाई हामी आफ्नो संस्कृतिबाट प्राप्त गर्छौ।
राज्यपालले अझ भने, सिक्किम बहु संस्कृतिको घर हो। जसरी भारतले अनेकतामा एकताका संस्कृतिलाई बुनेर राखेको छ त्यसरी नै सिक्किमले सम्पूर्ण भारतको संस्कृतिलाई आफ्नो ऑंचलमा सम्हालेर राखेको छ। आजको कार्यक्रम यसको सुन्दर उदाहरण हो। उनले भने, जसरी हिन्दू मान्यता अनुसार वर्षाका देवता इन्द्रको आराधना गरिन्छ र हामीलाई कहिले पनि जलको अभाव हुॅंदैन र हाम्रो अन्नभण्डार सदैव भरिरहन्छ। वर्षाको मानव जीवनमा ठूलो महत्व छ। हामी कृषि प्रधान देशमा बस्छौ र पानी बिना जीवन सम्भव छैन। उनले सबैलाई पानी संरक्षण गर्न आह्वान पनि गरे।

About Author

Advertisement