चक्र र कुसुम को ‘चट्ट राम्रो ‘ नयाँ गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

chatt-rumal

टीआरआई समाचार  

काठमाडौं: गायक समीर आचार्य र गायिका विन्दु पौडेको आवाजमा चट्ट राम्रो बोलको नयाँ गीत सार्वजनिक भएको छ। अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका गायिका पौडेलको आचार्यका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन्। विन्दुको यसअघि आई लव यु भन्दिउँला प्यारा र जता जता मायाको पाइलो बोलका गीतहरू सार्वजनिक भइसकेका छन्। समीरले पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा हाबी हुँदै आएका गायक हुन्। उनले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन्।
सार्वजनिक चट्ट राम्रो गीतमा शब्द संगीत र म्युजिक एरेन्जमेन्ट गायक आचार्यकै रहेको छ। गीतका भाका र शब्द पुर्वेली र पश्चेमेली मिसाएर गीतलाई लयबद्ध गरिएको छ।
यस गीतको भिडियोमा अहिलेका चर्चित गायक तथा मोडेल चक्र बम र चर्चित मोडेल कुसुम शर्माको केमेस्ट्रीलाई देख्न सकिन्छ। यस भिडियोको निर्देशन तथा कोरियोग्राफी गम्भीर विष्टले गरेका छन्। सार्वजनिक गीतले अहिलेको सुस्ताएको नेपालको म्युजिक बजारलार्ई यस गीत र भिडियोले केही हदसम्म उजागर गर्ने आशा गरिएको छ।

About Author

Advertisement