घैयाबारी ग्राम पञ्चायत दुई तीनधारे क्षेत्रमा पञ्चायत समितिको सिटमा भागोप्रमो प्रार्थी साजन दर्जी

IMG-20230626-WA0313.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे क्षेत्रबाट पञ्चायत समितिको सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी साजन दर्जीले चुनाव लडिरहेका छन्। उनी आफुले अघिदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेको कारणले जनताले भोट दिएर जिताउनेछ भन्ने कुरामा आशावादी रहेका छन्। घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत बुथ नम्बर २४४ चुनभट्टी, २४५ मिठाईडाँड़ा र २४६ तीनधारे चियाबारी क्षेत्रबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीको रूपमा पञ्चायत समितिमा खड़ा भएका साजन दर्जीले आफु निर्वाचित भएर पञ्चायत समितिको सदस्य बनेको खण्डमा युवाहरूका लागि कार्य गर्ने, विशेष गरेर बेकारी समस्याको समाधान गर्ने, बाटो घाटोको निर्माण तथा गरीब दु:खीको घरहरू बनाईदिने वचनबध्दता प्रकट गरेका छन्। उनले जनतालाई निवेदन गर्दै एकपल्ट भोट दिएर जिताई जनताको सेवा गर्ने मौका दिने निवेदन पनि गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी साजन दर्जीले चुनाव एक ठाउँमा छ अनि गाउँ घर र समाज एक ठाउँमा छ भन्दै चुनावपछि सबैजना मिलेर बसिदिने निवेदन पनि गरेका छन्।

About Author

Advertisement