खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको आयोजनामा विश्व शौचालय दिवस पालनसितै रोहिणीको लाप्चे खेतीमा नयाँ सार्वजनिक शौचालयको उदघाटन गरिएको छ। प्रत्येक वर्ष १० देखि १९ नोभेम्बरसम्म विश्व शौचालय दिवस पालन गरिन्छ। यसै अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको आयोजनामा पनि विश्व शौचालय दिवस पालन गरिएको छ। यस अवसरमा शौचालयको महत्व र शौचालय किन आवश्यक छ भन्ने विषयमा सचेतना गराइएको छ। यसको साथै परिवेश स्वच्छ राख्न पर्ने उपायहरु विषयमा पनि सचेतना गराइएको छ। यसै अवसरमा घैयाबारी ग्राम पञ्चायत अन्तर्गत रोहिणीको लाप्चे खेतीमा रहेको पर्यटन स्थलमा निर्माण गरिएको सार्वजनिक शौचालयको पनि उदघाटन गरिएको छ। उक्त शौचालयको निर्माण एसबीएममार्फत् ३ लाख रुपियाँमा गरिएको जानकारी प्राप्त भएको छ। उक्त शौचालयको उदघाटन एसबीएम, डीआरडीसी जीटीएको ईञ्जिनियर राजमानी प्रधान, जिल्ला कन्सल्टेन्स दिपंकर राई, घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, कर्माध्यक्ष दावा वाङ्दी लामा, पञ्चायत सदस्यहरु अनिल तामाङ, उमेश थापा, ईए र सचिव लगायत अन्यहरुको उपस्थितिमा सम्पन्न गरिएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाले विश्व शौचालय दिवसको अवसरमा नै रोहिणीको लाप्चे खेतीस्थित पर्यटकीय स्थलमा सार्वजनिक शौचालयको पनि उदघाटन गरिएको जानकारी गराएकी छन।

उनले यस शौचालय दिवसको अवसरमा सबैलाई सर सफाई र शौचालय स्वच्छ राख्ने विषयमा सचेतना गराएका छन्। यस कर्ममा कर्माध्यक्ष दावा वाङ्दी लामाले रोहिणीको लाप्चे खेतीमा जमीन दिएर शौचालय निर्माण गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्। उनले यो सार्वजनिक शौचालयको सबैले मिलेर सफा र सुरक्षित राख्नु पर्ने सुझाव दिएका छन्।










