खरसाङ: घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीमा यसपाली पनि नगदराशि फुटबल टुर्नामेन्टको आयोजना गरिने भएको छ। घैयाबारीको नेताजी हाई स्कूलमा आगामी ३ जनवरीदेखि उक्त नगदराशि फुटबल टुर्नामेन्ट शुरु हुने भएको छ। यस विषयमा आज घैयाबारीमा पत्रकारहरुलाई सम्बोधन गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको तर्फबाट जानकारी गराए अनुसार आगामी ३ जनवरीदेखि नगदराशि फुटबल टुर्नामेन्ट शुरु हुने भएको छ। यस फुटबल टुर्नामेन्टमा विजेतालाई एक लाख पचास हजार रुपियाँ र उप विजेतालाई एक लाख रुपियाँ नगदराशिसहित आकर्षक ट्रफि प्रदान गरिने भएको छ। उक्त नगदराशि फुटबल टुर्नामेन्ट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सभापति सम्पल राई र सचिव शंकु खवासले १६ वटा टिमलाई प्राथमिकता दिने भएकोले आगामी २८ दिसम्बरसम्म टिम जोइन गर्न सक्ने जानकारी गराएका छन्।










