घुम्ती चियाबारीमा रक्तदान शिविर सम्पन्न

1749997016212

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको घुम्ती चियाबारीमा‌ रक्तदान शिविरको आयोजना गरिएको छ। घुम्ती चियाबारीको आदर्श श्रमिक कल्याण भवनमा सम्पन्न उक्त रक्तदान शिविरको आयोजना महानदी हाई स्कूल, ग्राम सुधार समिति घुम्ती चियाबारी, सुरदुर परिवार ५/८ गोर्खा राइफल्स दार्जिलिङ जिल्लाको संयुक्त आयोजनामा सम्पन्न भएको छ। उक्त रक्तदान शिविरमा सिलगढी तराई लायन्स ब्लड केन्द्रको‌ टिम उपस्थित रहेका थिए। यस रक्तदान शिविरको लागि टेक्नोलोजिस्ट प्रिथ्वीस बन्दोपाद्यय, नर्स मनाली बर्मा, सहयोगी अनित खचवा लगायत शुभेच्छा राई र एञ्जल राई पनि उपस्थित रहेका थिए‌।‌

उक्त रक्तदान शिविर सुरेन प्रधानको संयोजकत्वमा सम्पन्न भएको छ। यस शिविरमा जम्मा २५ जनाले रक्तदान गरेका थिए भनी समाजसेवी सूर्यनारायण प्रधानले जानकारी गराएका छन्‌‌।

About Author

Advertisement