सिलगढी: गत २ मार्च सोमबार राति आलोक चौधुरी मोड नजिक भएको एक सडक दुर्घटनामा अंकिता दास नामकी एक युवती घाइते भएकी छन्। हाल उनी सिलिगुडीको एक निजी अस्पतालमा उपचाररत छिन्। उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन महापौर गौतम देव अस्पताल पुगेका थिए।
महापौर गौतम देवले बताए कि उनले अंकितासँग भेट गरेर कुनै पनि प्रकारको समस्या परेमा आफूलाई सिधै जानकारी दिन आग्रह गरेका छन्। उनले अंकिताको परिवारका सदस्यहरूसँग पनि कुराकानी भएको जानकारी दिए।
उनले भने, “आज अस्पताल गएर मैले उनलाई भेटें र उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ। उनीसँग लामो समयसम्म कुराकानी भयो। चिकित्सकहरूसँग पनि छलफल गरिएको छ। हाल उनको शारीरिक अवस्था स्थिर रहेको छ।”
महापौरले यस घटनालाई अत्यन्त दुःखद बताउँदै सम्पूर्ण विषयमा आफ्नो ध्यान रहेको बताए। उनले दुर्घटनामा संलग्न मदिरा सेवन गरेको सवारी चालकलाई प्रहरीद्वारा पहिले नै पक्राउ गरिएको जानकारी दिए। यस विषयमा प्रहरी र प्रशासनसँग पनि छलफल भएको उनले बताए।
उनले थप भने कि सडकमा सवारीले ठक्कर दिएर भाग्ने घटनाहरू रोक्न चाँडै नै एक प्रशासनिक बैठक बोलाइनेछ।










