गान्तोक: गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाको कार्यालयमा आज विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर मतदाता नामावलीको विशेष सारांश परिमार्जन अन्तर्गत चलिरहेको घर–घर सर्वेक्षण सम्बन्धी बैठक सम्पन्न भयो। जिल्लापाल योङदाको अध्यक्षतामा बसेको बैठकमा जिल्ला चुनाउ अधिकारी, अतिरिक्त जिल्लापाल रजनी शर्मा, महकुमा अधिकारी पुल्कित लगायत भारतीय जनता पार्टी, एसकेएम, सिटिजन एक्ससन पार्टीका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। बैठकको मुख्य एजेन्डा मतदाता नामावली २०२५ को विशेष सारांश संशोधनको सन्दर्भमा घर–घर सर्वेक्षणको प्रगति मूल्याङ्कन गर्ने र निर्वाचनको शुद्धता र स्वास्थ्य सुनिश्चित गर्न राजनीतिक दल र अन्य सरोकारवालाहरूको सक्रिय सहभागिताको महत्वबारे जानकारी गराइयो। मतदाता नामावलीको पवित्रता कायम राख्न घर-घर सर्वेक्षणले नयाँ मतदाता पहिचान गर्न, विद्यमान प्रविष्टिहरू प्रमाणीकरण गर्न र नक्कल वा अप्रचलित प्रविष्टिहरू हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने जिल्लापालले जानकारी गराइन्। उनले राजनीतिक दलका प्रतिनिधिहरुलाई आ–आफ्नो क्षेत्रमा सचेतना जगाउन आह्वान गर्दै संशोधन प्रक्रियालाई थप प्रभावकारी र समावेशी बनाउन स्थानीयहरूले सर्वेक्षणमा सक्रियरूपमा सहभागी हुनुपर्ने आग्रह गरेकी छन्।










